५० वर्ष पछि फर्कियो सुन्दरी तोप,अर्गा तोप भेटिएन
दैलेख : ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्ष पछि पुन फर्काइएको छ । ५० वर्षदेखि सुर्खेतको मध्यपश्चिम पृतनामा राखिएको उक्त सुन्दरी तोपको दैलेखमा भब्य स्वागत गरेर नेपाली सेनाको इन्द्रगल गुल्ममा राखिएको हो ।
२०२८ सालमा भोकमारी भएपछि दैलेखमा रहेको ज्वाला दल गण सुर्खेत सार्ने क्रममामा सेनाले असुरक्षाको कारण देखाउँदै सुर्खेत ल्याएको थियो । सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५० वर्षपछि दैलेखमा पुनःस्थापना गर्ने उद्देश्यले तोप दैलेखमा ल्याइएको हो । तोपको स्वागतमा जिल्लामा रहेका विभिन्न सास्कृतिक झाक्रि समेत प्रर्दशन गरिएको छ । विसं १८४६ सालमा बहादुर शाहको पालामा उक्त तोप बनेको इतिहास छ सुन्दरी तोप पितलबाट बनेको हो ।
नरायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले स्थानीय सरकार भएपछि आफुहरुले नेपाली सेना लाई बाराम्बार भनेपछि बुधवार दैलेखमा सुन्दरी तोप ल्याएको बताए । उनले आफ्नो कार्यकालमै सुन्दरी तोप ल्याएर पुरानै ठाउँ कोतगढीमा राख्नु ठुलो उपलब्धी भएको बताए । उनले भने सुर्खेत बाट दैलेख ल्याइएको सुन्दरी तोपलाई बजार परिक्रममा गरेर नेपाली सेनाको इन्द्रदल गुल्ममा राखिएको र कोतगढिको पुर्न निर्माणको काम सम्पन्न हुन बित्तिकै त्यसमा राख्ने बताए । नगर प्रमुख खड्का भने सुन्दरी तोपको निकै महत्व थियो तत्कालीन समयमा दसैं लगायतका महत्त्वपूर्ण चाडपर्वहरुमा तोपको बढाइ पछि मात्र पूजाआजा सुरु हुन्थ्यो । त्यो बेलाको संस्कारलाई अव पुन ब्युतिन्छ ।
नरायण नगरपालिका –१ का अध्यक्ष तिर्थनारायण श्रेष्ठले इन्द्रदल गुल्मका मेजर दिनेश लामाले सुन्दरी तोप र ८१ थन गोला भरफाई गरेर बुझेपछि दैलेखमा ल्याइएको बताए । उनले स्थानीय प्रशासन, जिल्लामा रहेका राजनैतिक दल, नागरिक समाज र इन्द्रदल गुल्म लगायत सबैको पहलमा यो काम सफल भएको बताए । उनले ऐतिहासिक तोप पुनःस्थापनाले दैलेखको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । उनले भने तोप पुनःस्थापना गरिनु ठूलो कुरा हो । यो हाम्रो अमूल्य सम्पत्ति हो, यसको सुरक्षा रेखदेखको जिम्मा नगरपालिकाले गर्छ । तोप राख्नलाई गढीमा संरचना बनाउन थालिएको छ । अहिलेसम्म गढीको मर्मतसम्वार लागि एक करोड पाँच लाख खर्च भएको जानकारी उहाँले दिए ।
हामीले हाम्रै कार्यकालमा ५० वर्ष देखी सुर्खेतमा राखिएको तोप दैलेखमा ल्याएर यहाँको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्य पुरा भएको छ ।
दैलेख काडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले सुर्खेत राजदलमा राखिएको सुन्दरी तोप दैलेख पुनःस्थापना गर्न बारम्बार पत्र पठाएपछि तोप दैलेख राख्न स्वीकृती पाएको बताए । उनले पश्चिम कमान्ड हेडक्वार्टरलाई पत्राचार गरी नारायण नगरपालिकाले सुरक्षा र रेखदेखको जिम्मा लिने भएपछि तोप पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको बताउनुभयो । सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट ल्याइएको थियो । उक्त तोप कहाँँ र कसरी राखिएको छ भन्ने खोजी भइरहेको छ ।