Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

काठमाडौं :  सरकारले उखुको मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखु प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले नेपाल प्रेससँग भने – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नै उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पेश गरेको थियो । त्यसैले उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषमा पेश गरेको थियो । त्यसमा प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गर्ने निर्णय भयो ।

किसानले ६ सय ५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेका थिए भने उद्योगीले ५ सय ८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गर्दै आएका थिए । मूल्य निर्धारणमा सरकारले ढिलाई गरेको भन्दै किसानले आन्दोलन पनि सुरु गरिसकेका थिए ।