राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट एमालेका ३ उम्मेदवार तय
सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । कर्णाली प्रदेश इन्चार्ज एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलका अनुसार ९ जनाको सिफारिस मध्येबाट २ जना र अल्पसंख्यकबाट १ जना गरी ३ जना उम्मेदवार तय गरिएको हो ।
उनका अनुसार महिलाबाट जुम्लाकी गंगा महत तथा अन्य समूदायबाट सुर्खेतका चुडामणि शर्मा उम्मेदवार बनेका छन् । सिफरिसमा नपरेका तर अल्पसंख्यक माझी समूदायबाट दैलेख आठबीस नगरपालिका–४ का पदम माझी उम्मेदवार बनेका छन् ।