Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

विदेश बाट फर्केर एभोकाडो खेती


दैलेख  :  नारायण नगरपालिका –४ सोत पीपल डाँडाका मान बहादुर विष्ट दुई वर्ष छ महिना मलेसिया बसे । मलेसियामा भने जसरी आम्दानी गर्न नसकेपछि स्वदेश फर्किए । गाउँमै अन्य कुनै रोजगारीको विकल्प नभएपछि पहाडी भेगमा रहेको पाखोवारिमा खेती गर्न सकिने र आम्दानी पनि प्रशस्त गर्न सकिने भएपछि पाखो जग्गामा व्यावसायिक रूपमा एभोकाडो (घिउ फल) खेती गर्दै आएका छन ।
खर बारीको रूपमा रहेको जग्गालाई उहाँले अहिले व्यावसायिक रूपमा फलफूल एभोकाडो खेती गर्दै आएका हुन । एक वर्षअघि लगाएको एभोकाडो पाँच वर्षमा फल दिने गरी तयार हुन्छ । करिब दुई बिघा क्षेत्रफलमा रोप्नुभएको एभोकाडो उत्पादन सुरु भएपछि वार्षिक एक करोड सम्म उत्पादन गर्न सकिने विष्टले जानकारी दिए ।

केही वर्ष अगाडि आम्दानीको स्रोत नभएपछि वैदेशिक रोजगारमा गएका विष्ट दुई वर्षसम्म दुःख गर्दा आफू गएको ऋण तिर्न मात्र सकेको बताए । उनले भने विदेश भनेर धन कमाउन जानु बेकार रैछ घर परिवारमै बसेर राम्रो आम्दानी गर्ने सकिने भएकाले यसलाई ब्यबसायिक रूपमा खेती गर्न सुरु गरे ।

दाइ नेपाली सेनामा भएको र दाइले नै यो खेती गर्नुपर्छ भनेपछि केही घरमै बिरुवा उत्पादन गरेर लगाएको र केही सात सयका दरले बिरुवा खरिद गरेर तीन सय बिरुवा बारीमा लगाएको बताए । उनले एभोकाडोको बिरुवा संगै नरिवल,जुनार,सुपारीका बिरुवा रोपेको बताए ।

एक बोटले तीन क्विन्टलसम्म फल दिने प्राविधिकले बताएको उनको भनाइ छ । उक्त जग्गामा तार बारसहित जम्मा रु पाँच लाख लगानीमा सुरु गरेको र यस फलफूल खेतीले अबको साँढे दुई वर्षभित्र आम्दानी दिने प्राविधिकले बताएको विष्टले जानकारी दिए ।उनले त्यसको सिचाईका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन ।

माग राम्रो भएकाले आफूले पनि भविष्यमा एभोकाडो खेतीलाई व्यावसायिक रूपमा अघि बढाउने लक्ष्य रहेको उहाँ बताउछन उनी । कर्णाली प्रदेशको दैलेखमा पहिलो पटक विष्टले नै खेती गरेकाले अन्य पालिकाका किसानलाई समेत यसमा जोड्न आवश्यक रहेको कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले ब्यसायिक एभोकाडोको खेती गर्न फर्म दर्ता गरेको खण्डमा सहयोग गर्न सकिने बताए । उनले भने आफूले एभोकाडोको खेतीको अवलोकन गरेको त्यसमा सिचाईको ब्यबस्थागर्न पहल थाल्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले जग्गा बाँझो रहन नदिन र यस्तो खेतीको प्रवर्द्धन गर्न सबै पालिका सँग समन्वय गरी यसलाई ब्यबसायिक रुपमा दैलेखमा उत्पादन गरी जनताको आय आर्जनमा बृद्धि गर्न आफु लाग्ने बताए । उनले बजारमा एभोकाडोको प्रतिकेजी बजार मूल्य न्यूनतम रु ३०० देखि अधिकतम रु ५०० मा बिक्री वितरण हुने र आम्दानीको स्रोत वृद्धि हुने र बजारीकरणको पनि समस्या नुहेन हुँदा स्थानीय तहले त्यस तर्फ ध्यान दिनु पर्ने बताए ।