मुख्यमन्त्री जीवन शाही लाई ध्यानाकर्षण पत्र
सुर्खेत : मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सञ्चारिका समुह कर्णाली प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको छ । समुहको पहिलो बैठकबाट गरिएको पाँचबुंदे घोषणापत्र कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाइएको हो ।
कर्णाली प्रदेश सरकारले तत्काल सञ्चार निति निर्माण गर्नुपर्ने र उक्त निति लैगिंकमैत्री हुनुपर्ने, साथै महिलाहरुले सञ्चालन गरेका सञ्चारमाध्यमहरुको दर्ता, नविकरणमा ५० प्रतिशत छुटसहित सञ्चारमाध्यम सञ्चालनका लागि विशेष कार्यक्रमहरु सुनिश्चितताको व्यवस्था गर्नुपर्ने, राज्यका तिनवटै तहबाट सञ्चारमाध्यमहरुलाई उपलब्ध गराइदै आएको लोककल्याणकारी विज्ञापन तथा अन्य सुचनाहरु कुन सञ्चारमाध्यलाई उपलब्ध गराइयो भन्ने विवरण वार्षीक रुपमा सार्वजनिक गरिनुपर्ने, साथै राज्यको नियमानुसार दर्ता भई सञ्चालनमा आएका सबै प्रकारका सञ्चारमाध्यमहरुलाई समान हिसाबले विज्ञापन तथा सुचना वितरणको प्रबन्ध मिलाउनुपर्ने भन्दै सञ्चारिका समुह कर्णाली प्रदेशले घोषणापत्र जारी गरेको थियो ।
त्यस्तै कर्णालीमा रहेका सबै सञ्चार माध्यमहरुले लै¨िकमैत्री निति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, विशेषगरी महिला कर्मचारीहरुलाई राज्यको नियमानुसार सुत्केरी बिदा तथा स्तनपान कक्षको व्यवस्था गरिनुपर्ने, पत्रकार महिलाहरुको नेतृत्व तथा क्षमता विकासका लागि सञ्चार माध्यम तथा सरकारी र अन्य सञ्चारसंग सम्बन्धित संरचनामा ३३ प्रतिशत सहभागीता सुनिश्चितता हुनेगरी कार्यकारी भुमीकामा पहुँच पु¥याउनुपर्ने र कर्णाली प्रदेशका दशवटै जिल्लाहरुमा महिला पत्रकारहरुको लागि आधारभुत र प्रदेश स्तरमा विधागत तालिमको व्यवस्था गरिनुपर्ने घोषणापत्रमा उल्लेख थियो ।
सोहि घोषणापत्र कार्यान्वयनका लागि आइतबार सञ्चारिका समुह कर्णाली प्रदेशले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र ग्रहणपछि बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीका महिला पत्रकारहरुको क्षमता अभिवृद्धि र सुरक्षाका लागि सरकार गम्भिर भएको बताए ।
।