गुण एयर तोके काठमाडौं सुर्खेत उडान भाडा
सुर्खेत : अन्तत नीजि वायु सेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखी काठमाडौं–सुर्खेत व्यवसायीक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूवातमै यो कम्पनीले थप गन्तव्यको रूपमा सुर्खेत हब बनाउन उडानको शुरूवात गर्न लागेको हो ।
बुद्ध एयरलाइन्सले नियमित उडान गर्दै आएकोमा गुण एयरलाइन्सले पनि उडान थप गर्न लागेको छ । बुद्ध एयरको एकलौटी तोड्न उभिएको गुण एयरलाइन्सले भाडा पनि घटाउनेमा धेरैको अपेक्षा थियो । तर गुण एयरले बुद्ध एयरलाइन्सले तय गरेको जस्तै भाडा तोकेको छ । तर तीन वटा भाडादर तोकेको गुणले प्रति टिकट दुइ सय रूपैयाँ मात्रै घटाएर अनलाइन टिकट जारी गरेको छ ।
वुद्ध एयरले ८७४५, ९७४५ र ११६२० भाडा कायम गरेको छ । तर गुण एयरले भने ८५४५, ९५४५ र ११४२० कायम गरेको छ । गुण एयरलाइन्सले दैनिक विहान साढे ८ बजे काठमाडौंबाट र सुर्खेतबाट ९स्५० बजे सुर्खेतबाट उडान भर्नेछ । यहीँ पुस २६ गतेबाट भने दिउँसो २स्३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३स्५० बजे उडान भर्ने गुण एयरलाइन्सले जनाएको छ । बुद्ध एयरले भने दैनिक विहान ७स्२० बजे काठमाडौंबाट उडान भर्दै आएको छ ।