१४ सांसद पद खारेजीको मुद्धा हेर्न नभ्याइनेमा
काठमाडौं : नेकपा एमालेले निष्कासन गरेका माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । न्यायाधीशद्धय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध रीट दायर गरेका थिए ।