क्रिसमसका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं : इसाई धर्मावलम्बीहरूको चाड क्रिसमसका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डिसेम्बर २५ ९पुस १०० मा पर्ने क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको छ।’