Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

विवेकशील साझा पार्टीबाट रञ्जु दर्शनाको राजीनामा

काठमाडौँ  :  विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन । युवा नेतृ दर्शनाले बिहीबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गरेकी हुन ।

दर्शनाले पार्टीमा आफ्नो समय, ऊर्जा, भावना र आर्थिक सबै कुरा प्रदान गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएकी हुन । उनले विवेकशील साझा पार्टीलाई वैकल्पिक राजनीतिको खोल मात्र ओढेको भन्दै आलोचनासमेत गरेकी छिन ।

‘वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु’, उनले राजीनामा लखेकी छिन ‘तसर्थ यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेकी छु ।

२०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ’, पत्रमा थप भनिएको छ । पार्टीभित्र अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच वैचारिक द्वन्द्व देखिएपछि विवाद चर्कदै गएको छ ।