Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

सुरक्षित गर्भपतन गराउँनेको सख्या बढ्दै

दैलेख  :  जिल्लामा सुरक्षीत गर्भपतन गराउँनेको संख्या बर्सेनी बढ्दै गएको एक तथ्याङकले देखाएको छ । विगत तीन वर्षको तथ्यांक हेर्दा दैलेख जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गईरहेको पाइएको हो । सानैमा बालबिवाह गर्ने र परिवारका नियोजनका साधन प्रयोग नगर्ने गरेका कारण सुरक्षीत गर्भपतन गर्नेको संख्यामा बर्सेनी बढ्दै गएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यलय प्रमुख थीर प्रसाद रेग्मीले तीन आर्थिक वर्षको सर्बेक्षणमा सुरक्षीत रुपमा गर्भपतन गर्नेको संख्या बढ्दै गएको बताए । उनले आर्थिक वर्ष ०७५÷०७६मा ०.२९ प्रतिशत, ०७६÷०७७मा ०.५२ प्रतिशत र ०७७÷०७८ मा ०.६८ प्रतिशतले सुरक्षीत गर्भपतन गराएको जानकारी दिए ।

उनले जिल्ला स्वास्थ्य सेवा कार्यालय बाट सेवा लिने संख्या हो अन्य मेडिकल बाट गर्भपतन गर्नेको संख्या समेत बढ्दै गएको बताए । बिवाहित जोडिले असुरक्षीत यौन सम्र्पक राख्ने र खुलेर अस्पतालमा आउनेको संख्या हो अबैधानिक असुरक्षीत यौन सम्र्पक गर्ने र समाजमा सम्बन्ध खुल्ने डरले समेत बाहीर क्लिनिकमा गर्भपतन गराउँनेको संख्या बढ्दै गएको छ । परिवार नियोजनका साधनप्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको संख्या बढेको अस्पतालका जनाएको छ ।

गर्भपतन बढ्नुको कारण गर्भपत औषधि बजारमा छ्यापछ्याप्ती पाउनु ,बैदेशिक रोजगारी चेतनामा कमी, साधनको सयममै उपलब्धता नहुनु जस्ता कारण देखिएको बताइएको छ । बजारमा जथाभाबी रुपमा कानुनले निषेध गरेको वा चिकित्सकको बिना सल्लाहा गर्भपतनको औषधी राख्नु वा पाउनुले समेत महिलाहरु जेखिममा रहेको चिकित्सकले बताएका छन ।

महिला अधिकारीकर्मी सुनिता चन्दले यहि औसतमा महिलाहरुले गर्भपतन गराए महिलाको स्वास्थ्यमा गम्भिर समस्या हुने बताइन । उनले परिवार नियोजन साधनका बारेमा जानकारी भएपनि श्रीमान मदिरा पिएर आउने र श्रीमती पिट्ने र असुरक्षीत यौन सम्र्पक राख्ने जस्ता कारणले पनि गर्भपतन गराउन्को संख्या बढेको बताइन ।

जिल्ला अस्पताल दैलेखका डाक्टर जीवन ज्ञावलीले जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिक सम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका बताए । गर्भपतनले आमा बन्नेहरुको ज्यान नै खतरामा पर्ने देखिन्छ । गर्भपतन गर्ने क्रममा बिल्डिङ भएका कारण अघिल्लो महिना एक महिलालाई हेलिकप्टर मार्फत प्रदेश अस्पतालमा पठाइएको रहस्य समेत खुलेको थियो ।