Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

बालबालिकालाई विद्यालयमै खोप

दैलेख  :  दैलेखमा ३५ हजार ५५० जना बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । जिल्लामा रहेका ११ स्थानीय तहका ९० वडामा रहेका विद्यालयमा खोप कार्यकर्ता परिचालन गरी खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले स्थानीय तहलाई १२ देखी १८ वर्ष समुहका विद्यार्थी संख्याको आधारमा खोप पठाएको जानकारी दिए । उनले खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक र खोप कार्यकर्तालाई अभिमुखीकरण गरी मात्र खोप लगाउन स्वास्थ्य कार्यालयले ११ पालिकालाई परिपत्र गरेको बताए ।

नारायण नगरपालिकाले २१ वटा विद्यालयमा खोपकेन्द्र राखेर खोप लगाउन लागिएको जनाएको छ । नारायण नगरपालिकामा रहेका चार हजार एक सय विद्यार्थीलाई खोप लगाउन आवश्यक तयारी पुरा गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लालबहादुर खड्काले विद्यालयका प्रधानाध्यापक ,खोपकार्यकर्तालाई अनुशिक्षण गरिसकिएको बताउँदै बिहिवार बाट खोप लगाउन सुरु गरिने बताए ।

जिल्लाको भगवतिमाई गाउँपालिकाले १३ गते खोप लगाउने जानकारी दिएको छ । सात वडा रहेको गाउँपालिकामा १४ वटा खोप केन्द्र मार्फत तीन हजार १५ जना बालबालिकालाई खोप लगाउने गाउँपालिकाका स्वास्थ्य शाखा सह संयोजक बबिन शाहीले जानकारी दिए । अन्यपालिकाले समेत खोप लगाउन आवश्यक तयारी थालेको जानकारी दिएका छन ।

स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार नारायण नगरपालिका,आठबिस नगरपालिका,नौमुले गाउँपालिका र महावु गाउँपालिकामा ८ गते, भगवतिमाई र गुराँस गाउँपालिका १३ गते , दूल्लु नगरपालिका,डुगेश्वर गाउँपालिका,१२ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका,ठाटिकाँध गाउँपालिका र भैरवी गाउँपालिकामा ११ गते खोप लगाउन लागिएको जनाएको छ । स्वास्थ्य सेवा कार्यालयले अर्को महिना यहि समयमै खोप लगाउनु पर्ने हुँदा खोप रेडर्क ब्यबस्थित गर्न सम्बन्धीत खोपकार्यकर्तालाई निर्देशन समेत दिएको छ ।