Loading... आजः शनिबार, कार्तिक १०, २०८१
Trending

रक्षामन्त्री रिजालको राजीनामा स्वीकृत

काठमाडौ‌  :  रक्षामन्त्रीबाट डा। मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेकी हुन् ।
राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।

पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्री लडेका मीनेन्द्रले चुनावमा पराजित भएपछि नैतिकरूपमा राजीनामा दिएको बनाएका थिए ।