Loading... आजः शनिबार, कार्तिक १०, २०८१
Trending

निजामती कर्मचारी संगठनको अध्यक्षमा न्यौपाने

दैलेख  :  नेपाल निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्रप्रसाद न्यौपाने निर्वाचित भएका छन । संगठनको शनिवार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति सर्बसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा सुनिल न्यौपाने र अभिसरा सिंह सचिवमा कृष्ण बहादुर माझी, सहसचिवमा मानबहादुर कार्की, कोषाध्यक्षमा लोकेश कुमार शाही चयन भएको नेपाल निजामती कर्मचारी संगठनका नव निर्वाचित सचिव कृष्ण बहादुर माझीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार जिल्ला कार्यससमिति सदस्यमा शैलेन्द्र थापा, लिल रोकामगर, सुमन ढकाल, दिनेशकुमार रोकाय, देवेन्द्र अधिकारी, लालमणि खनाल, राजेन्द्र बिसी, लब बहादुर सिजापती, गणेशबहादुर शाही, मदन तिमेल्सेना, रजनी थापा, सृष्टि शर्मा, टोपबहादुर बुढा, डिलकुमारी योगी र शुष्मा विक सर्बसम्त चयन भएको बताए ।

अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।
नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन आयोजक समितिका सहसंयोजक लेखनाथ कोइराला, संगठनका पूर्व केन्द्रीय अध्यक्ष पूर्णप्रसाद ढकाल लगाएतको सम्बोधन गर्दै नेपाल निजामति कर्मचारी संगठन देशकै अगुवा संगठन भएको बताएका थिए ।