Loading... आजः शनिबार, कार्तिक १०, २०८१
Trending

थप १५८ जनामा सङ्क्रमण, दुईको मृत्यु

काठमाडौं : पुस ३ गते । पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ४८३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुई हजार ५१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७२ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार ४२८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ११ हजार ९३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।