Loading... आजः आइतवार, कार्तिक ११, २०८१
Trending

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

दैलेख  :  दैलेखमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरवी गाउँपालिका –६ कुसापानीका २२ वर्षीय युवा रुपेश लामिछानेलाई प्रहरीले पक्राउ गरेको दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।

१६ बर्षीया युवतीलाई ललाई फकाई डरत्रास देखाई प्रलोभनमा पारी जबरजस्ती करणी गर्न खोजेको आरोपमा ती युवकलाई पक्राउ गरिएको डीएसपी शाहले बताए । उनले पक्राउ परेका ती युवकमाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको बताए ।