Loading... आजः आइतवार, कार्तिक ११, २०८१
Trending

माओवादी कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन


सुर्खेत  :  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । गत शनिबार सम्मेलन भए पनि नेतृत्व चयनमा ढिला भएको हो ।

हिजो पदाधिकारीविहीन २ सय ११ जनाको प्रदेश समिति चयन भएको थियो । सो समितिको आज बसेको बैठकले केसीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । केसी पूर्व प्रदेश मन्त्री समेत हुन्।