Loading... आजः आइतवार, कार्तिक ११, २०८१
Trending

श्रीलंकाविरुद्ध नेपालको सानदार जित

काठमाडौं  :  नेपाली महिला फुटबल टोलीले यू–१९ साफ च्याम्पियनसिपमा श्रीलंकालाई ६–० गोलको नतिजामा पराजित गरेको छ ।
ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा श्रीलंका माथि लगातार दबाव सृजना गरेको नेपालका लागि रस्मि घिसिङले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । यस्तै, सबिता राना मगरले त्यसको एक मिनेट नबित्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् ।