Loading... आजः सोमवार, कार्तिक १२, २०८१
Trending

हृदयेश त्रिपाठी नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन

काठमाडौँ  :  सांसद् हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको छ । पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले देशमा पार्टीको आभाव भएर नयाँ दलको गठन भएको नभइ वैचारिक बहस प्रायः शून्य भएकोले पार्टी गठन गर्नु परेको बताए ।

उनले भने, ‘वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्यवयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिन्छ अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन् तसर्थ अन्य दलप्रति हाम्रो आत्मिय सम्मान छ ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता दमननाथ ढुंगाना, पूर्व सचिव रामेश्वर खनाल तथा लेखक तुलानारायण साहसमेत सहभागी थिए । पार्टीमा उनीहरुको भूमिकाबारे भने केही खुलाईएको छैन ।