Loading... आजः सोमवार, कार्तिक १२, २०८१
Trending

कोभिड प्रभावित किसानलाई बाख्रा बितरण

दैलेख  : कोरोना बाट प्रभावित भएका युवा,एकल महिला र घरेलु हिसामा परेका महिलाहरुलाई बाख्रा बितरण गरिएको छ । गुराँस गाउँपालिका –६ का २५ जना किसानलाई बाख्रा बितरण गरिएको हो । गुराँस गाउँपालिका,युनएन डिपिको आर्थिक सहयोग र महिलाशसक्तिकरण मञ्च नेपालको साझेदारीमा संचालित कोभिड –१९ रेस्पोन्स एण्ड सोसियो इकोनोमि कार्यक्रम दोस्रो चरणमा अन्र्तगत प्रति किसान पाँचका दरले खरी जातको बाख्रा बितरण गरेको महिला शसक्तिकरण मञ्च नेपालले जानकारी दिएको छ ।

महिला शसत्तिकरण मञ्च नेपाल दैलेखका अध्यक्ष सुनिता चन्दले आर्थिक अवस्था कमजोर भएका,कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वेदश फर्केका,घरेलु हिसामा परेका र एकल महिलाहरुलाई बाख्रा बितरण गरेको जानकारी दिइन । उनले परियोजना मार्फत पहिलो चरण खोर निर्माण गर्न आवश्यक सामाग्री बितरण गरिएको र खोर निर्माण भएपछि बाख्रा बितरण गरिएको जानकारी दिइन ।

नयाँ गोरेटे पशुपक्षी समुहका गौरी दमाईले कोरोना कारण रोजगारी गुमाएका,घरेलु हिंसामा परेकाहरुको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले बाख्रो बितरण गरेको भन्दै सहयोगि निकायलाई धन्यबाद दिइन । उनले आर्थिक अवस्था कमजोर भएका किसानका लागि राहत हुने बताइन ।

उनले भन्नि कोरोनाको पहिलो,दोस्रो लहर भोग्यौ रोजगारी केही छैन रोजगारी गर्न भारत जानेहो त्यहा जोखिम कायमै छ फेरी तेस्रो लहर आएको छ गाउँमै बाख्रा पालन ब्यवसाय गर्ने मनशायले सस्थाले दिएको र अन्य थप गरे बाख्रा पालन ब्यबसाय गर्ने मनस्थितिमा छौ ।