छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा बाबु पक्राउ
दैलेख : आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर प्रसाद शाहका अनुसार आफ्नै १६ बर्षीया छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ बर्षीय बाबुलाई पक्राउ गरिएको हो ।
पीडित बालिकाकी आमाले दिएको जाहेरी अनुसार मंगलवार राती घरमा सबै जना खाना खाई सुतिसकेको र पीडित बालिकाको आमा समेत घरमा नभएको मौका छोपी ती पुरुषले छोरीमाथी जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।
आफ्नै नाबालिका छोरीमाथी जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका ती पुरुषमाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतमार्फत जबरजस्ती करणी उद्योग मुद्धामा ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती पुरुषले आफ्नै छोरीमाथी विभिन्न मितिमा पटक पटक जबरजस्ती करणी गर्ने प्रयास गरेको खुलेको छ ।