मनोसामाजिक परामर्श कक्ष स्थापना
दैलेख : नारायण नगरपालिका –५ सोतमा रहेको त्रिबेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरिएको छ मानसिक समस्या भएका नागरिकलाई निशुल्क परामर्श दिन परामर्श कक्ष स्थापना गरिएको हो ।
मनोसामाजिक परामर्श कक्षको नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले उद्दघाटन समेत गरेका छन । उनले परामर्शकक्षको स्थापना गर्दै मानसिक समस्या भएका आफन नगरपालिकाका बासीन्दालाई निशुल्क परामर्श र आवश्यक औषधीको ब्यबस्थागर्न समेत आफु तयार रहेको बताए ।
उनले नारायण नगरपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल –सिएमसी)को सयुक्त साझेदारीमा संचालित सामुदायिक सामाजिक स्वास्थ्य कार्यक्र र कोभिड १९ सन्र्दभमा संचालित लैगिक हिंसा रोकथाम प्रतिकार्य कार्यक्रम मार्फत विभिन्न कार्यक्रम संचालन गरिएको बताउँदै आगामी दिनमा समेत त्यसको सेवा बिस्तार गरिने बताए ।
उनले भने परिवारमा कलह र झैझगडा, कसैको किशोरावस्थामा प्रेम सम्बन्ध र यौन जीवनका विविध समस्याहरु, कारण नागरिक मानसिक समस्यामा पर्न सक्ने हुँदा समाजमा शान्तीपुर्ण बाताबरण सिर्जना गर्न सबै नागरिक जिम्मेवार हुनु पर्दछ ।
नारायण नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक लाल बहादुर खड्काले नगरपालिकामा मात्र दुई सय भन्दा बढि नागरिकमा मानसिक समस्या भएका बताए ।उनले मानसिक समस्या भएका नागरिकलाई मनोसामाजिक पराशर्मको माध्याम बाट समधान गर्न चिकित्सक संग निरन्तर समन्वय गरिरहेको बताए ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले मानसिक समस्या परेका नगरपालिकाका नागरिकहरुका लागि नगरपालिकाले आवश्यक औषधी खरिद र प्रत्येक वडामा गएर मनोसामाजिक परामर्श दिन १० जना मनोसामाजिक परामर्शकर्ताले सेवा दिइरहेको बताउँदै आगाी दिनमा त्यस्ता समस्या भएका नागरिकको समस्या समधान गर्न निति तर्था कार्यक्रममै बजेटको ब्यबस्थापन गरेर विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।