दैलेखमा पाँच सय तीन मेट्रिक टन धान नष्ट
दैलेख : एक महिना अघि परेको अबिरल वर्षाका कारण जिल्लामा पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ । कृषि विकास कार्यालयले जिल्लाका ११ स्थानीय तहमा माग गरिएको मध्ये नौ वटा पालिकाले पेश गरेको विबरणमा पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको जानकारी दिएको छ ।
कृषि विकास कार्यालय दैलेखका कृषि अर्थ बिज्ञ झलक भण्डारीले ११ स्थानीय तह मध्ये गुराँस गाउँपालिका र ठाटिकाँध गाउँपालिकाले आफ्नो गाउँपालिकामा धानबालीमा क्षती नभएको जानकारी दिएको बताए । उनले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ९८ कृषको ५६.७५ मेट्रिक टन, भैरवी गाउँपालिकामा एक सय पाँच कृषकको २७.७५ मेट्रिक टन,दुल्लु नगरपालिकामा ६७ कृषकको ४७.१५ मेट्रिक टन,महावु गाउँपालिकामा एक सय नौ कृषकको ८७.७९ मेट्रिक टन,भगवतिमाई गाउँपालिकामा ४५ कृषकको १७.९६ मेट्रिक टन, डुगेश्वर गाउँपालिकामा तीन सय ३१ कृषकको १४७.२ मेट्रिक टन,नारायण नगरपालिकामा ५९ कृषकको ३३.४ मेट्रिक टन,आठबिस नगरपालिकामा एक सय २८ कृषकको ३९.४ मेट्रिक टन, नौमुले गाउँपालिकमा दुई सय कृषकको १३ सय ८४.५ मेट्रिक टन गरी जम्मा पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको बताए ।
उनले जिल्लामा ८५ हजार हेक्टर मध्ये एक सय ६७ हेक्टर क्षेत्रफमा क्षती भएको र सबै भन्दा बढि नामैलुे गाउँपालिकाका दुई सय कृषकको १३ सय ८४.५ मेट्रिक टन धान क्षती भएको बताए ।
कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र बहादुर थापाले कर्णाली प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले जिल्लामा भएको धानबाली क्षतीको बिवरण माग गरे अनुसार क्षतीको विबरण मन्त्रालयमा पठाएको बताए ।
उनले पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको र त्यसका लागि एक करोड ८८ लाख ८५ हजार दुई सय रुपैया माग गरिएको बताउनुभयो ।