निशुल्क बिशेषज्ञ स्वास्थ्य शिवीर संचालन
दैलेख : निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । स्वास्थ्य सेवा कार्यालयको समन्वय ,एनएमबि बैकको प्रयोजन नारायण नगरपालिकाको आयोजनामा उक्त शिविर संचालन भएको हो ।
शिवीरमा मुटु, पेट, कलेजो, सुगर, प्रेसर,किड्नी तथा पिसाब,दम,मृर्गी,मानसिक,यौन समस्या,आँखा, दात,नाक,कान, घाँटी, मुख स्वास्थ्य,प्रसुती सेवा सम्बन्धि समस्या,छाला,प्लास्टिक सर्जरी,बाल रोग,सम्बन्धि विशेषज्ञहरूद्वारा नि ःशुल्क परिक्षण साथै औषधी समेत निःशुल्क वितरण गरिने आयोजक नारायण नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखका सह संयोजक लाल बहादुर खड्काले जिल्ला पहिलो पटक धेरै बिशेषज्ञ चिकित्सक बोलाएर एकै स्थान बाट सेवा दिएको बताए ।उनले शिविरमा पाँच हजार भन्दा बढि नागरिकले निशुल्क बिशेषज्ञ सेवा पाउने बताए । शुक्रवार बाट संचालन भएको दुई दिने शिविरको उद्दघाटन प्रतिनिधि सभा सांसद रबिन्द्र शर्माले उद्दघाटन गरेका थिए ।
शिविरको उद्दघाटन गर्दै सांसद शर्माले जनतालाई निशुल्क स्वास्थ्य परिक्षण,औषधी वितरण जस्तो पुण्यकार्य गरेको भन्दै आयोजक सस्थालाई धन्यबाद दिए । उनले जिल्लामा पहिलो पटक धेरै बिशेषज्ञ चिकित्सक आएको भन्दै जिल्लाबासी सबैलाई सेवा लिन आग्रह गरे ।