Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

दौतरीशिक्षाकर्मीहरुलाई जिवन उपयोगी सिप

दैलेख  :  नयाँ दौतरी शिक्षाकर्मीलाई जीवन उपयोगि सिप सिकाईएको छ । बातावरणीय कृर्षि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोगमा र महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको साभेदारीतामा सञ्चालित महिला, किशोरी तथा बाल अधिकार कार्यक्रमको आयोजना र जनकल्याण माध्यामिक विद्यालय डुगेश्वर गाउँपालिका –२ को समन्वयमा नयाँ दौतरीशिक्षार्कीलाई जीवन उपयोगि सिप सिकाईएको हो ।

नयाँ दौतरीशिक्षाकर्मीलाई आत्मजागर, प्रभावकारी संचार, अनुभूती÷समानुभूती,अन्तरवैयक्तिक सम्बन्ध,संवेग नियन्त्रण, तनावको सामना, समस्या समाधान, निर्णय लिने, सिर्जनात्मक सोचाई, समालोचनात्मक सोचाई र दौतरीशिक्षाकर्मी विषयमा जीवन उपयोगि सिप सिकाईएको बताइएको छ ।

बातारणीय कृर्षि तथा विकास केन्द्र (केड) सुर्खेतका कार्यक्रम अधिकृत रामविक्रमशाहले जीवन उपयोगि सिप सम्बनधी तालीमको सहजीकरण गर्दै तालीममा सिकेका कुरा ब्यबहारमा लागु गर्न आग्रह गरेका छन ।

महिला, किशोरी तथा बाल अधिकार कार्यक्रमकी कार्यक्रम अधिकृत निर्मला शाहीले जनकल्याण माध्यामिक विद्यालयमा अध्यनरत २५ जना नयाँ दौतरी शिक्षाकर्मीलाई जीवन उपयोगि सिप तालीम दिएको जानकारी दिइन ।
उनले दौतरी शिक्षाकर्मीले टोल तथा गाउँमा हुने बालबिबाह,बहुबिवाह,घरेलु हिंसा महिनावारी,जन्मदर्ता लगायतका विषयमा अभियान संचालन गर्ने बताइन ।