Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

सकियो १२ औं जनगणना

काठमाडौं  :  विभिन्न चुनौति र व्यवधानहरु झेल्दै १२ औँ राष्ट्रिय जनगणना २०७८ को मुल गणना कार्य सकिएको छ । मेरो जणना मेरो सहभागिता को नारासहित २५ कात्तिकबाट शुरु भएको जनगणना बिहीबारदेखि सकिएको हो ।

जनगणनाको अन्तिम दिन सडकमा जीवनयापन गर्ने घरबारविहीन तथा छुटपुटहरुको गणना गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु गरिएको गणना कार्यमा देशैभर ४० हजार गणक तथा ८ हजार ५ सय सुवपरिवेक्षक खटिएका थिए । कोभिड १९ को विश्वव्यापी महामारीले गर्दा पूर्वनिर्धारित समयभन्दा करिब ५ महिना ढिलोगरी जनगणना भएको हो ।

जिल्ला जनगणना कार्यालयमा संकलन भएका तथ्यांकहरु मंसिर अन्तिम साता केन्द्रमा आइपुग्नेछ । आगामी पुस महिनादेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब ३ महिनापछि प्रारम्भिक नतिजा तथा १ वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदनहरु प्रकाशन गर्ने तयारी विभागबाट भइरहेको छ ।

 

यसपटकको जनगणनामा २ करोड ८० लाख देखि ३ करोडको हाराहारी जनसंख्या पुग्ने अनुमान गरिएको छ । जन्मदर घट्दै गएकाले पनि जनसंख्या घटेको विभागले जनाएको छ । विभागका महानिर्देशक श्रेष्ठका अनुसार प्रदेश २, सुदुरपश्चिम र कर्णाली प्रदेशमा जन्मदर बढी देखिएको छ भने बाग्मती प्रदेशमा सबैभन्दा कम देखिएको छ ।