चार वटै प्रदेश सभा निवार्चनमा मतदान सकियो
दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा आज शुक्रबार प्रदेश तहको अधिवेशन जारी छ । दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदान जारी छ ।
दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (क) को प्रदेश निर्वाचन अन्तरगर्त डुङ्गेश्वर गाउँपालिकाको माथिल्लो डुङ्गेश्वरमा मतदान भईरहेको छ । प्रदेश सभा (ख) को प्रदेश निर्वाचन दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा भईरहेको छ । दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेश सभा (क) को प्रदेश निर्वाचन अन्तरगर्त दुल्लुमा र प्रदेश सभा (ख) को प्रदेश निर्वाचन ठाटीकाँधमा भईरहेको छ ।
निर्वाचन क्षेत्र नः १ को(क) बाट सभापतिमा पौड्ेल पक्षबाट बखत सापकोटा र देउवा पक्ष बाट निराञ्जन खत्री चुनावी मैदानमा उत्रिएका थिए । त्यस्तै निर्वाचन क्षेत्र न ः १ को (ख) बाट नौमले गाउँपालिकाका अध्यक्ष भदेबुढा मगर पौडेल पक्ष बाट देउवा पक्ष बाट प्रदेश सभा सभापतिमा रामकृष्ण गुरुङ चुनावी मैदान उत्रिएका थिए । निर्वाचन क्षेन नः २ को (ख) बाट प्रदेश सभापतिमा पौड्ल पक्षका लव बहादुर शाही र दउेवा पक्ष बाट खग्रेन्द्र बहादुर शाहीको भिड्न्त भएको छ ।
देवा र पौडेल पक्ष बाट महाधिबेशन प्रतिनिधि लागि समेत कसलाई उम्मेदवारी बनाउने भन्ने विषयमा दुबै समुह आन्तरिक छलफलमा समेत जुटेका छन । महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएपछि मात्र पार्टी सभापतिमा उम्मेदवारी दिन पाउने ब्यबस्था भएका कारण पनि पार्टि सभापति भन्दा पनि पहिले महाधिबेशन प्रतिनिधिमा जित्न नेताहरु अहिले गाउँ अभियानमा जाने गरेका छन । नेपाली काँग्रेसको पार्टी सभापतिका लागि पौडेल समुह बाट मणिराम रेग्मी,भुपेन्द्र शाही,गणेश उपाध्याय र देउवा पक्ष बाट पुर्ण बहादुर चालिसे,घनश्याम भण्डारी,प्रदेश सभा सदस्य हिम बहादुर शाही,खेमराज केसीको नाम चर्चामा रहेको छ ।