आर्थिक अभावमा विद्याआश्रम विद्यालय
दैलेख : जिल्लाको नारायण नगरपालिका–७ मा रहेको शिदेश्वर महादेव तथा गंगागिरी विद्याआश्रम आर्थिक अभावका कारण संचालन गर्न कठिनाई भएको छ । शिदेश्वर महादेव तथा गंगागिरी विद्याआश्रम विद्यालयका अध्यक्ष नहकुल खड्काले आर्थिक अभाव भएकै कारण शिक्षकहरु राख्न कठिनाई समेत भएको बताए ।
उनले नारायण नगरपालिकाले विद्या आश्रम संचालन गर्न दुई लाख ५० हजार संयोग गरेपनि त्यस रकम बाट शिक्षकलाई तलव खुवान समेत समस्या भएको बताए ।उनले अहिले तीन जना शिक्षक राखेर मासिक ६ हजार रुपैया दिने गरेको बताए । उनले भने हाम्रो विद्यालयमा अहिले २८ जना विद्यार्थी हुनुहुन्छ उनीहरुकोे खानपीन र बस्नका लागि समेत ब्यबस्था गर्न कठिन भएको छ ।
शिदेश्वर महादेव तथा गंगागिरी विद्याआश्रमका शिक्षक नरेन्द्र उपाध्यायले विद्यालयले तोके अनुसार पारिश्रमिक नदिए पनि सेवाभाव कारण आफुहरुले अध्यापन गराईरहेको बताए । उनले यहि वर्ष बाट बेद विद्या आश्रम विद्यालय संचालन भएका कारण पनि विद्यार्थी कम छन आगामी वर्ष विद्यार्थी संख्या पनि बढ्ने अनुमान गरिएको छ ।
नारायण नगरपालिका दैलेख नगर प्रमुख रत्न बहादुर खड्काले तत्कालका लागि दुई लाख ५० हजार सहयोग गरिएको र अन्य थप सहयोग गर्ने तयारी समेत गरेको बताए । उनले जिल्लाको निर्वाचन क्षेत्र नः १मा एक मात्र बेद विद्याआश्रम विद्यलय भएका कारण पनि अन्य पालिकाले समेत सयोग गर्नु पर्ने बताए । उनले आफुले अन्य पालिका समेत समन्वय गर्ने बताए ।
अध्यक्ष खड्काले विद्यार्थीलाई बस्नको लागि आवश्यक पर्ने लत्ता कपडा,खाट लगायत आर्थिक सहयोग गर्न सहयोगी मनहरुलाई आग्रह गरेका छन । उनले जिल्लामा रहेको केही सस्थाले झुल सहयोग गरेको बताए ।