Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्मचारीहरुले सदैव देश जनताको पक्षमा काम गर्नुपर्छः अध्यक्ष ओली

काठमाडौँ  :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संगठन नियत बाट नभई नीति र कर्तव्य बाट निर्देशित हुनुपर्ने बताएका छन । नेपाल निजामति कर्मचारी संगठनको शनिबार आयोजित राष्ट्रिय भेलामा अध्यक्ष ओलीले सो कुरा बताएका हुन ।

देशको स्थायी सरकार कर्मचारी भएकाले सदैव देश जनताको पक्षमा काम गर्न तत्पर हुनुपर्ने अध्यक्ष ओलीले बताए । कर्मचारीले देश र जनताको पक्षमा कर्तव्य निष्ठाका साथ काम गर्नुपर्छ, कुन सरकार छ भन्ने सोच्नु हुँदैन” उनले भने कर्मचारीलाई राष्ट्रसेवकको हैसियत प्राप्त भएकाले सेवामा तल्लिन हुनुपर्छ ।

कर्मचारी स्वच्छताको प्रतीक बन्नुपर्छ भनद्यै उनले भ्रष्टाचारजन्य काम आफूले पनि नगर्ने र अरुलाई पनि गर्न दिन नहुने बताए । प्रधानमन्त्री हुँदा भनेको थिएँ ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ उनले स्मरण गरे ।

महासचिव ईश्वर पोखरेलले मुलुकको राजनीति दुई ध्रुवमा बाँडिएको र एउटा ध्रुवको नेतृत्व एमालेका अध्यक्ष ओलीले गरेको बताए । एकताको पक्षमा उभिने एमालेको चरित्र भएकाले पार्टीबाट अलग भएका विग्रहको धार समाप्त भएर जाने उनले बताए । नेता नेपाल पक्षले अलग पार्टी गठन गरेपनि धेरै नटिक्ने उनले दावी गरे ।

कार्यक्रममा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, नेता लालबाबु पण्डित, महेश बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट अलग भएका नेता बादल समूहका अम्बिका धमलासहितका कर्मचारीहरु एमाले निकट कर्मचारी संगठनमा समाहित भएका छन् ।