Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

एकिकृत समाजबादी पार्टीले खोल्यो कार्यालय

दैलेख  :  नेकपा एमाले संग औपचारीक रुपमा छुटिए संगै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) दैलेखमा पार्टीकार्यालय स्थापना गरेको छ । दैलेख जिल्लाको नारायण नगरपालिका १ नयाँ बजारमा एकिकृत समाजबादीले आइतवार कार्यालय स्थापना गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) दैलेखका अध्यक्ष बरुनाथ यौगी पार्टी कार्यालयको स्थापना गरिएको जानकारी दिए । उनले नेकपा (एकिकृत समाजबादी)को सबै काम अब सोही स्थानबाट हुने बताए । उनले तत्कालीन नेकपा एमालेका कर्णाली प्रदेश सचिवालय सदस्य समेत रहेका नेता टेक बहादुर खाणले पार्टी कार्यालयको उद्दघाटन गरेको जानकारी दिए ।

पार्टी कार्यालयको उद्दघाटन गर्दै एकिकृत समाजबादीका नेता टेक बहादुर खाणले थापाले नेकपा एमालेमा लागेका नेता तथा कार्यकर्ता समेत आफ्नो पार्टिमा आउँने बताए । उनले भने बिस्तारै बुझ्दै गएपछि सबै साथीहरु आउँनु हुन्छ सोमवार र मंगलवार केही जनप्रतिनिधि साथीहरु पनि पार्टीको पक्ष लाग्न सनाखत गर्ने तयारी रहेको समेत बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) दैलेखका अध्यक्ष बरुनाथ यौगीले २२५ जनाको जिल्ला कमिटि तयार भएको र अव छिटै सार्वजनिक हुने बताए । उनले तत्कालीन माधव नेपाल समुहले समान्तर कमिटि गठन गरेको सोही कमिटी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) मा समायोजन हुने बताए । आइतवार सम्म दुई गाउँपालिका अध्यक्ष,एक जना उपाध्यक्ष, ४ जना वडा अध्यक्ष र वडा सदस्य र कार्यपालिका सदस्य गरी ६३ जनाले समाजबादी पार्टीमा सनाखत गरेको बताइएको छ । भदौ २२ गते पार्टीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधि र पार्टी अन्य नेताहरुको भेला आयोजना गरी जिम्मेवारी बाँडफाँडगर्ने बताइएको छ ।