थपिए २५ सयभन्दा बढी संक्रमित, ३५ जनाको मृत्यु
काठमाडौं : देशभरि पछिल्लो समय २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८ सय १० जनाको कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमणबाट २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार यससँगै मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ। २ हजार ८६ जना कोरोनामुक्त भएका छन्।
काठमाडौं उपत्यकाभित्र ६ सय ८९ जनामा कोरोना पुष्टी भएको छ। जसमध्ये काठमाडौंमा ५ सय १८,भक्तपुरमा ५२ र ललितपुरमा १ सय १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।