शुक्रबार ३ हजार कोभिड संक्रमित थपिए, २६ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३०४२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ नमुना (१० हजार ५३० पीसीआर र ७१२४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
शुक्रबार थप २६ जनाको कोभिड(१९ संक्रमणबाट मृत्यु भएको छ । २२४४ जना पछिल्लो २४ घण्टामा निको भएका छन् । सक्रिय संक्रमित संख्या ४० हजार ३०९ पुगेको छ । १ लाख ८० हजार जनाले पछिल्लो अवधिमा कोभिडविरुद्धको खोप लगाएका छन् ।
पीसीआर परीक्षण गर्दा कूल संक्रमित संख्या ७ लाख ४४ हजार ३०७ र एन्टीजेन परीक्षणमा ७९ हजार ३४० संक्रमित पुष्टि भएका छन् । कूल निको हुने संख्या ६ लाख ९३ हजार ५४३ छ । कूल मृत्यु हुने संख्या १० हजार ४५५ छ । कूल मृत्युदर १:४० प्रतिशत, कूल सक्रिय संक्रमित संख्या ५:४२ प्रतिशत र कूल निको हुने प्रतिशत ९३:१८ प्रतिशत छ ।
पूर्ण डोज खोप लगाउने संख्या ३७ लाख ९९ हजार रहेको छ

