कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्दै प्रदेश सकार
सुर्खेत : कर्णार्ल प्रदेश सरकार आफ्ना महाततका कर्मचारी संग धमाधम कार्यसम्पादन सम्झौता गर्ने गरेका छन । बिहिवार कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सिताकुमारी नेपाललीले कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेकी हुुन । चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी कर्मचारीलाई काम गर्न निर्देशन दिदै मन्त्री नेपालीले कार्यसम्पादन सम्झौता नै गरेकी हुन् ।
विहीबार मन्त्रालयमा सम्पन्न पत्रकार सम्मेलनको अवसरसमा मन्त्री नेपाललीले कार्यसम्पादन सम्झौता पत्र मन्त्रालयका सचिव पुण्यविक्रम पौडेललाई हस्तान्त्रण गरेकि छन् । सम्झौता अनुसार मन्त्रालय मातहतका प्रदेश तथा जिल्ला स्थित सबै कार्यालयमा कार्यरत कर्मचारीलाई समयमै योजनाका कामहरु सम्पन्न गर्नुपर्नेछ ।
गत आर्थिक बर्षमा सम्झौता अनुसार बजेट कार्यान्वयन तथा उपलब्धि नभएकाले चालु आर्थिक वर्षमा असार महिना अघि नै सबै योजना सम्पन्न हुनेगरी काम गर्ने सम्झौता भएको मन्त्री नेपालीको भनाइ छ । गत आर्थिक बर्षमा पनि मुख्यमन्त्रीले ८० प्रतिशत बजेट कार्यान्वयन गरिसक्ने गरी सम्झौता गरेका थिए ।
तर, प्रदेश सरकारले गत आवमा ६७ प्रतिशत मात्रै रकम खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ । सोही अनुसार चालु आर्थिक वर्षमा असार महिना नलाग्दै सबै योजनाको काम सक्ने गरी मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालय र मन्त्रालयले कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।