एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने प्रस्ताव
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ।
केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ। संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ। प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुनेछ।