Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

शनिबार ३१ सय कोभिड बिरामी थपिए, २३ जनाको मृत्यु

काठमाडौं :  पछिल्लो २४ घण्टामा मुलुकमा ३१०६ जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ५१९ नमुना (९२६३ पीसीआर र ४२५६ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् । शनिबार थप २३ जनाको मृत्यु भएको छ । १९१६ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा शनिबार ७७५ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २८ हजार ९४१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । अहिलेसम्मको कूल संक्रमित संख्या ६ लाख ९५ हजार, कूल मृत्यु ९८५७ र कूल निको हुने संख्या ६ लाख ५४ हजार रहेको छ ।