एक हजार १७४ जनामा कोरोना संक्रमण, चार हजार ९१४ जना संक्रमणमुक्त
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।
यस्तै गत चौबीस घन्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्। शनिबार ४ हजार ७ सय ४ जनाको पीसीआर तथा ४ हजार ८ सय ६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको हो।