युरोकपमा आज दुई खेल हुँदै
एजेन्सी : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज आइतबार०दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन लागेका हुन् । आज समूह ‘ए’ को दुई खेल हुनेछ । आज हुने खेलमा इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सोही समयमा स्वीजरल्यान्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ । रोममा हुने खेलमा जित निकाल्दै इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ । इटालीले यसअघिका दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाइ सकेको छ ।
आजको खेलमा जित निकाल्दै इटाली समूह विजेता बन्न चाहन्छ । इटालीले २ खेलमा ६ अंक जोडेको इटाली तालिकाको शीर्ष स्थानमा छ । वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्ने योजनामा छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा स्वीजरल्यान्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ । स्वीजरल्यान्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।