वर्षाका कारण दैलेखमा आठ घर भत्किए,मानवीय क्षती भएन
दैलेख : लगातारको बर्षातका कारण दैलेखमा ६ घर भत्किएका छन् । दुल्लु नगरपालिका वडा नम्बर ९ मा ६ वटा घर भत्किएको हो । दुल्लु नगरपालिका–९ का वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा गाउँ र धामीगाउँमा गरी ६ घर भत्किएका हुन् । प्यादुराका ३ वटा घर र धामीगाउँका ३ वटा घर भत्किएको वडाध्यक्ष बोहोराले जानकारी दिए । उनले भत्किएका मध्ये दुई वटा घर पूर्ण रुपमा क्षती भएको छ । वडा अध्यक्ष बोहोराले ‘अहिले आंशिक र पूर्ण रुपमा क्षती भएका घरको परिवारका सदस्यहरुलाई नजिकका आफन्तको घरमा राखिएको छ बर्षातका कारण घर भत्किदाँ मानवीय क्षती भने भएको छैन्
प्यादुरा गाउँका हिरा भण्डारी, उर्मिला विक र मन्दरा भुलको घर भत्किएको हो । तीन घरका १४ जना प्रभावित बनेका छन् । यस्तै धामीगाउँका खम्ब विकको घर पनि भत्किएको छ । नवजात शिशु र श्रीमतीसहित बस्दै आएको घर भत्किएपछि खम्बको परिवार अहिले बिचल्लीमा परेको छ । सोहि ठाउँका झुपा कामी र रामसरा सार्कीको घर भत्किएको हो । यहाँका तीन घरका १२ जना नागरिक प्रभावित भएको वडाध्यक्ष बोहोराले बताए ।
लगातारको बर्षातका कारण जिल्लाभर कुनै मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो गईरहेको छ,’ अन्य सहायक सडकहरुमा पनि यातायातका साधन सञ्चालन हुन कठिन रहेको बताए । उनले राजमार्गमा गएको पहिरोलाई पन्छ्याउँदै सडक सुचारु गरिएको बताए । त्यसबाहेक दैलेख सुर्खेत सडक खण्ड, निर्माणाधिन मध्यपहाडी राजमार्ग लगाएतका स्थानीय तहको केन्द्र जोड्ने मुख्य सडक र सहायक सडकहरुमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।