पछिल्लो २४ घण्टामा ३०८२ जना कोरोना संक्रमणमुक्त


काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ।
यस्तै देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

