Loading... आजः आइतवार, बैशाख ६, २०८३
Trending

मध्यपहाडी लोकमार्गको पश्चिम क्षेत्रमा कालोपत्रे सुरु

दैलेख :  मध्यपहाडी पुष्पलाल राजमार्गको दैलेख खण्डको पश्चिम क्षेत्रमा कालोपत्रेको काम सुरु गरिएको छ । दैलेखको पश्चिम खण्ड भैरवी गाउँपालिकाको –१ रावतकोट देखी चक्रता र चक्रता देखी चामुण्डाबिन्द्रासैनी नगरपालिकाकाको –९ को रामघाट सम्म पहिलो चरणको कालोपत्रेको काम सुरु भएको हो ।
जिल्लामा जारी निषेधज्ञाका बिचमा सामाजिक दुरी कायम गरी कालोपत्रेको काम सुरु गरेको मध्यपहाडी आयोजना कार्यालयले जानकारी दिएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमाग आयोजना कार्यालयका प्रमुख अर्जुन कुमार बमले लोकमार्गको आठ स्थानमा काम धमाधम भईरहेको बताए । उनले दैलेखको पश्चिम क्षेत्रमा रहेको ३१ किलोमिटर सडक मध्ये मनसुन सुरु अगावै १० किलोमिटर कालोपत्रेको काम सक्ने तयारी रहेको बताए । उनले भने दैलेखको पुर्वी क्षेत्र नारायण नगरपालिकाको लोहोरे देखी भगवतिमाई गाउँपालिकाको मन्घर सम्म कालोपत्रे सम्म सम्पन्न भएको र बाँकी रहेको ठाउँमा समेत धमाधम काम भइरहेको बताए ।
आयोजनाले रावतकोट देखी पादुका सम्मको काम निमार्णको जिम्मा लिएको कम्पनीका कारण काम गर्न ढिलाई भएको जनाएको छ । निर्माणको कामको जिम्मा पाएको पप्पु हिमाल हाईड्रो जेभिले अघिल्लो वर्ष नै कालोपत्रेको काम सक्नु पर्ने भएपनि यो वर्षदेखी मात्र कालोपत्रेको काम गरेको छ ।
पप्पु हिमाल हाईड्रो जेभिका कृष्ण ढुङगानाले गत वर्ष देखी सुरु भएको कोरोना माहामारीका कारण काममा ढिलाइ भएको बताउँदै यस वर्षको असार मसान्त सम्म १० किलोमिटर सडक कालोपत्रे गर्ने बताए । उनले कालोपत्रे गर्नका लागि कामदारहरु अन्य स्थान बाट ल्याउनु पर्ने समस्याका कारण पनि काम हुन नसकेको बताए ।

आयोजनाको कामको प्रगति हेर्न गएको जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापा लगायतको टोलीले सकड निर्माण गरे संगै सडकको सुरक्षाका लागि बायोइन्जिनियरिग प्रविधि मार्फत बिरुवाहरु रोख्न समेत आयोजनालाई निर्देशन दिएका छन । उनले जिल्ला भर निर्माण हुने राजमार्गको एक सय २५ किलोमिटर सडकमा नै यो प्रविधको प्रयोग गरी भुक्षय र बाढी पहिरो रोक्न र सडकको सुरक्षा अपानाउन आग्रह गरे