Loading... आजः आइतवार, बैशाख ६, २०८३
Trending

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजित बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। शुक्रबार अग्नी खरेलले महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि बडाललाई उक्त पदमा नियुक्त गरिएको हो।