Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर साढे चार सय जनाले लिए सेवा

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिकामा –२ रुममा आयोजना सोमवार गरिएको बिशेषज्ञ स्वास्थ्य शिविर बाट चार सय ६७ जनाले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन ।स्वास्थ्य सेवा कार्यालयको आयोजनामा संचालन गरिएको एक दिने शिवीरमा ४७६ जनाले सेवा लिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरक्षक नमराज सुबेदीले स्वास्थ्य सेवा कार्यालयको वार्षिक कार्याक्रम अनुसार शिविर संचालन गरिएको बताए । उनले एक दिने शिवीरमा आठ जना डाक्टरले सेवा दिएको बताए । उनले भने शिविरमा दन्तउपचार सेवा,पाठेघर खस्ने समस्या,गर्भ जाँच सेवा,पेट दुख्ने,सेतो पानी बग्ने समस्यामा परेका विरामीले सेवा लिएको बताए । स्वास्थ्य सेवा कार्यालयका डाक्टर निरञ्जन पन्तले शिविरमा आएका विरामीको उपचार गरेको र जटिल समस्या देखीएका बिरामीलाई अन्यत्र जान सुझाव दिएको बताए ।

आर्थिक अभाव भएकै कारण उपचार बाट बञ्चित रहेका नागरिकलाई बिशेषज्ञ डाक्टर सहित बोलाएर शिविर संचाल भएपछि स्थानीय बासिन्दा खुसी भएका थिए । शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका भगवतिमाई गाउँपालिका –२ रुमका शेर बहादुर दमाईले गाउँमै बिशेषज्ञ डाक्टर बाट स्वास्थ्य परीक्षण गर्न पाएको भन्दै खुसी व्यक्र गरे । उनले उपचारका लागि जिल्ला वा बाह्य जिल्लामा जानु पर्ने भएपनि आर्थिक अवस्थाका कारण समस्यामा परेका स्थानीयलाई गाउँमै स्वास्थ्य परीक्षण गर्दा सहज भएको बताए ।

गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले जिल्ला स्वास्थ्य कार्यालय संग परार्मश गरेर शिविर आयोजना गर्न माग गरे अनुसार स्वास्थ्य कार्यालयले शिविर संचालन गरेको भन्दै धन्यबाद दिए ।