Loading... आजः शनिबार, अशोज १०, २०८३
Trending

कांग्रेस पालिका अधिवेशनमा युवा नेतृत्वको वर्चस्व


दैलेख  :   नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्लाका ११ वटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अधिकांश पालिकामा युवा नेतृत्वको वर्चस्व रहेको छ । ११ पालिकामध्ये नौ पालिकामा सभापति सर्वसम्मत चयन भएका छन् भने निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका ठाटीकाँध गाउँपालिका र आठबीस नगरपालिकामा निर्वाचनमार्फत सभापति चयन गरिएको छ । अधिवेशनबाट नारायण नगरपालिकाको सभापतिमा पूर्णबहादुर मल्ल, नौमुले गाउँपालिकामा रुपेश थापा मगर, महाबु गाउँपालिकामा कर्णबहादुर शाही, भगवतीमाई गाउँपालिकामा रवीन्द्रजंग खड्का र डुङ्गेश्वर गाउँपालिकामा गंगबहादुर खत्री चयन हुनुभएको छ । त्यस्तै दुल्लु नगरपालिकाको सभापतिमा दीपेन्द्र पुरी, भैरवी गाउँपालिकामा उपेन्द्रजंगबहादुर शाही, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा जोगिराम शाही र गुराँस गाउँपालिकामा बमबहादुर शाही सभापतिमा सर्बसम्मत चयनहुनुभएको छ । पालिका अधिवेशनमा युवा पुस्ताका नेताहरूले नेतृत्वमा दाबी गर्दै जिम्मेवारी पाएका छन् । स्थानीयपालिकाको े नेतृत्वमा युवाहरु आएसँगै कांग्रेसको पालिका तहमा नेतृत्व हस्तान्तरणको संकेत देखिएको छ ।
आठबीस नगरपालिकामा सभापति पदका लागि मुक्ति प्रसाद उपाध्याय र डिल्ली प्रसाद खनालबीच प्रतिष्पर्धा भएको थियो । निर्वाचनमा उपाध्यायले १३२ मत प्राप्त गरी सभापतिमा विजयी हुँदा खनालले ८५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै ठाटीकाँध गाउँपालिकामा सभापति पदका लागि भएको निर्वाचनमा भने दुवै उम्मेदवारले समान ६१–६१ मत प्राप्त गरेका छन ्। बराबरी मत आएपछि सभापति चयनको विषय टुंगिन सकेको छैन । पहिलो र दोस्रो कार्यकाल बाँड्ने वा अन्य प्रक्रियाबाट नेतृत्व चयन गर्ने भन्ने विषयमा विवाद देखिएको स्थानीय नेताहरूले बताएका छन् ।आगामी महाधिवेशन प्रतिनिधि चयन तथा आसन्न निर्वाचनलाई समेत ध्यानमा राख्दै पहिलो कार्यकाल कसले लिने भन्ने विषयमा दुवै पक्षले आ–आफ्नो अडान राखेका छन् । जिल्लाका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन भए पनि दुई पालिकामा भएको निर्वाचनले स्थानीय तहमा कांग्रेसभित्रको प्रतिस्पर्धालाई समेत देखाएको छ ।
नेपाली काँग्रेस दैलेखका पार्टि सभापति मणिराम रेग्मीले नेपाली काग्रेस दैलेखलाई एकताबद्ध बनाएर लैजानका लागी पालिका स्तरमा सर्बसम्मत नेतृत्व चयन गरिएको बताउनुभयो । उहाँले आशन्न निर्वाचन लाई ध्यान दिएर हामीले सर्बसम्त गरेका हौँ त्यो सपल भयौँ अव स्थानीय निर्वाचनमा काँग्रेसले एकमतका साथ निर्वाचनमा जान्छ । प्रदेश निर्वाचन क्षेत्र सभापति र क्षेत्रिय सभापतिका लागी समेत सर्बसम्मत नेतृत्व चयन गरी महाधिबेशन प्रतिनिधि समेत सर्बम्मत बनाएर दैलेख काँग्रेसको इतिहासमा नयाँ रर्कड कायम राख्ने तयारी गरेको सभापति रेग्मीको भनाइछ ।