जनताका समस्या संसदमा प्रभावकारी उठाउँछु


दैलेख : दैलेख निर्वाचन क्षेत्र नः २ बाट नवनिर्वाचित सांसद लक्ष्मी पोखरेलले जिल्लाका समस्यालाई सदनमा प्रथामिकताका साथ उठाउने बताउनुभएको छ । निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनतालाई धन्यबाद तथा सुझाव संकलनका लागी विभिन्न पालिकामा पुग्नुभएका उहाँले यहाँका जनताको समस्या र विकास निर्माणका सवाललमा संसदमा आफ्नो भुमिका प्रभावकारी खेल्ने बताउनुभयो ।
उहाँले दैलेख निर्वाचन क्षेत्र न ः २ को भैरवी गाँउपालिका–१ जलजलेमा रेहेको पेट्रोलियम पद्धार्थको उत्खननका लागी अव बन्ने सरकारलाई ताकेता गर्ने, माथिल्लो डुगेश्वर मालिका बैक दुल्लु कुसापानी कालिकोट हुदै मुगुको गमगढीमा जोड्ने उत्तर दक्षिण राजमार्ग निर्माणका लागी आवश्यक बजेट बिनियोजन गर्न पहल गर्ने, दैलेखको आठबिस नगरपालिकाको मुकाम राकमकर्णाली बाट दैलेख सदरमुकाम जोड्ने प्रशासनिक मार्ग निर्माण गर्ने , बदेल आंतक रोक्नका लागी आवश्यक कानुन निर्माण, गुठी समस्या समधानका लागी आवश्यक ऐन कानुन निर्माण गर्ने बताउनुभयो ।
युवाहरुलाई नेपालमै रोजगारी दिन सकिने नीति निर्माणमा आफुले सदनमा आवाज बुलन्द गर्ने सासद पोखरेलले बताउनुभयो । उहाँले कर्णाली राजमार्गलाई स्तरउन्नतीका साथै दुई लेनको सडक निर्माणका लागी पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभययो जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने अब्यबस्थीत बस्तीलाई ब्यबस्थीत बनाउने, लामो समय देखी लालपुर्जाको पर्खाइमा रहेको पुर्जा बिहिन नागरिकलाई पुर्जा वितरणका लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो अघिल्लो सरकारले गठन गरेको भुमी आयोगले काम गरिरहेको बताउँदै यही कार्यकालमा सुकुम्बासीका समस्या समाधानका लागी भुमी आयोग संग नियमित छलफल समेत आफुले गर्ने बताउनुभयो ।
जनताले गरेको भरोसा र आशा अनरुपन काम गर्ने जिम्मेवारी अव आफ्नो काँधमा आएको उल्लेख गर्दै उहाँले जिल्लाको समग्र विकासका लागी यहाँका क्रियाशिल राजनितिक दल,सरोरकारवाला निकायसंग समन्वय र सहकार्य गर्दै प्रथामिकता निर्धारण गरी काम गर्ने स्पष्ट पार्नुभयो । सांसद पोखरेलले भन्नुभयो सडक,खानेपानी,बिजुली सञ्चार स्वास्थ्य र शिक्षा जस्ता आधाभुत पूर्वाधारलाई प्रथामिकता राखेर काम गर्नेछु । निर्वाचनमा प्रतिष्पर्धामा रहेका राजनितिक दल र उम्मेदवार संग समन्वय र सहकार्य गरेर यहाँका समस्या सदनमा राख्ने उहाँले बताउनुभयो ।
हामीले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री रहेको बेला सुरु गरिएका दैलेखको राकमकर्णालीमा निर्माणाधिन अस्पताल, दुल्लु स्मार्टसिटि,पेट्रोलियम पद्धार्थको अन्बेषण लागयतका कामहरुलाई अव बन्ने सरकारले प्रथामिकताका साथ राख्न आफुले पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो अहिले पनि प्रधानमन्त्रीका रुपमा अगाडी सारेर निर्वाचनमा गएपनि भने जसरी जनमत मत प्राप्त गर्न सकेनौँ । संसदमा तेस्रो दलकारुपमा रहनेछौँ । संसदमा तेस्रो दल भएपनि जनताका पक्षमा देशको स्वाभिमान,अखण्डता लगायतका सवालमा हाम्रो बिगतको अडान कायमै रहनेछ ।
सरकारमा भए पनि प्रतिपक्षमा रहे पनि जनप्रतिनिधिको प्रमुख दायित्व जनताको आवाज उठाउनु नै हो । सरकारमा हुँदा आफ्नै नेतृत्वमा काम गर्न सकिन्छ भने सरकारमा नभए पनि जनतालाई साथमा लिएर दबाब सिर्जना गर्न सकिन्छ । म जनताको कुरा प्रभावकारी रूपमा सरकारसम्म पु¥याउने वातावरण सिर्जना गर्ने छु । सांसद पोखरेलले जिल्लाका विभिन्न पालिकामा निर्माण भइरहेका अस्पताल तथा स्वास्थ्य चौकी, सडक ,पुल निर्माणको काम छिटो अघि बढाउन तीनै तहका सरकारसँग समन्वय र सहकार्यको वातावरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्र मध्ये नेकपा एमाले बाट निर्वाचन जित्ने एक्लो ससद भएकाले आफुले कर्णाली प्रदेशका १० वटै जिल्लामा देखिने समस्यालाई पार्टी संगठनबाट सुचना प्राप्त गरी आफुले संसदमा बोल्नेछु । पछिल्लो समय इरान र इजरायलको लडाईका कारण समस्यामा परेका युवाहरुलाई तत्काल उद्धार गर्नका लागी आफुले संसदमा कुरा उठाउँनुका साथै युवाहरुलाई नेपालमै रोजगारी दिन सकिने गरि आवश्यक कानुन निर्माणका लागी पहल गर्ने उहाँको भनाइछ ।
भदौ २२ र २३ गते भएका आन्दोलनका कारण मुलुकले ठुलो क्षती ब्यहोरेको भन्दै संबिधान सभा सदस्यका हैसियतले संबिधानमा रहेका केही समस्यालाई आफुहरुले त्यसका अगुवाई गर्ने समेत उहाँको भनाईछ । २०७० सालको संबिधान सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजीत हुनुभएको थियो । नेपाली काँग्रेस र नेकपा माआबादी लगायतका दलहरुको गठबन्धन संग ८२ मतको अन्तरले निर्वाचनमा पराजीत हुनुभएका पोखरेलले अघिल्लो निर्वाचनमा पराजीत गर्ने नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीलाई पराजीत गर्नुभएको थियो ।

