मुलघरमै फर्किए केन्द्रिय सदस्य खाण र नेपाली


दैलेख : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य टेक बहादुर खाण र गोपाल नेपाली मुल घर नेकपा एमालेमै फर्किनु भएको छ । आइतवार नेकपा एमालेका केन्द्रिय सचिव एवम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दुबै केन्द्रिय सदस्यलाई मुलघरमा स्वागत गर्नुभयो ।
लामो समय नेकपा एमाले बाट राजनिति गर्नुभएका खाण र नेपालीले नेपाली कम्युनिष्ट पार्टी सर्बहारा बर्गको हक अधिकारलाई लत्याएर हिडेको आरोप लगाउँदै आफ्नै मुल घरमा फर्किएको बताएका छन । उहाँहरुलाई केन्द्रिय सचिव यामलाल कडेल,केन्द्रिय सदस्य शुशिल कुमार थापा नेकपा एमालेका प्रदेश कमिटि उप सचिव एवम दैलेख निर्वाचन क्षेत्र नः १ का उम्मेदवार रबिन्द्रराज शर्मा प्रदेश कमिटि सदस्य प्रेम थापा लोमन शर्मा गमता विक लगायतले स्वागत गर्नुभएको थियो ।

