मतदाता फकाउँदै उम्मेदवार


दैलेख : आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रचारका लागि दुबै क्षेत्रका उम्मेदवारहरु मतदाता फकाउन ब्यस्त भएका छन । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका नेकपा(एमाले) नेपाली काँग्रेस,नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका उम्मेदवार मतदाता फकाउँन घरदैलोमा ब्यस्त भएका छन । घरदैलोमा मतदाता भेट्दै पेट्रोलियम उत्खनन,सडक, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा विस्तार,विद्युतीकरण, रोजगारी सिर्जना र कृषि विकासजस्ता स्थानीय मुद्दालाई मुख्य प्राथमिकतामा राख्दै प्रतिबद्धता व्यक्त गर्दै मतदाता फकाएर आफ्नो पक्षमा पार्न उम्मेदवार तल्लीन भएका छन ।
उम्मेदवारहगाउँका चौतारा, चोक तथा सार्वजनिक स्थलहरूमा उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवाद हुने क्रम बढेको छ । विशेष गरी युवा, महिला र ज्येष्ठ नागरिक लक्षित कार्यक्रममार्फत उम्मेदवारहरूले आफूलाई जनताको नजिक देखाउने रणनीति अपनाएको स्थानीयहरूले बताएका छन् । उम्मेदवारले विगतमा गरेको काम र जनतासँगको सम्बन्धलाई मुख्य आधार बनाएर निर्वाचन केन्द्रित अभियान संचालन गरिरहेको बताएका छन ।
नेकपा एमालेका उम्मेदवार एवम पुर्व प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्माले जनता संग प्रत्यक्ष संवाद गर्ने,जनताको भावना बुझ्न आफुहरु घरदैलोमा भेटघाट गरिरहेको बताउनुभयो । उहाँले मतदाताको घर–घर पुगेर भेटघाट गर्ने, आफ्ना एजेण्डा सुनाउने तथा जनतालाई देशमा अहिले भइरहेको समस्याका बारेमा बुझाउने प्रयास गरिरहेको बताउनुभयो ।
नेपाली काँग्रेसका उम्मेदवार बासना थापाले नेपाली काँग्रेस गठबन्धनका कारण दश बर्ष उम्मेदवार बिहिन भएको अबस्था बाट गुज्रेको बताउँदै यस पटक जनताले नेपाली काँग्रेसलाई रोज्ने बताउनुभयो । उहाँले भन्नुभयो अन्यदलललाई हेरिसकिएको छ अव तपाई हो भन्ने मतदाताको कुरा छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अम्मर बहादुर थापाले संगठन कमजोर भएपनि आफुले २०७० देखी भएका प्रदेश सभा र प्रतिनिधि सभा सदस्यमा बिजयी भएको बताउँदै यस पटक पनि जनताले आफुलाई मतदान गर्ने बताउनुभयो । निर्वाचन क्षेत्र न १ मा रहेका ४६ वडामा अहिले दैनिक विभिन्न राजनितिक दलका नेताहरुको बाक्लो उपस्थिती हुने गरेको स्थानीयले बताएका छन । निर्वाचनको बेला मात्र गाउँमा उम्मेदवार आउने उनीहरुले गुनासो समेत गरेका छन । स्थानीय स्तरमा बढ्दो चुनावी गतिविधिले ग्रामीण बस्तीहरूमा राजनीतिक माहोल तातेको छ भने मतदातामा पनि यसपटकको निर्वाचनप्रति चासो र उत्साह बढेको देखिन्छ ।

