मिथ्या सूचनाबाट सजग रहन पत्रकारलाई आग्रह


दैलेख : नेपाल पत्रकार महासंघका पूर्वसभापति एवम् राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेश आचार्यले चुनावी समाचारमा सन्तुलन राख्न पत्रकारहरुलाई सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघले दैलेख सदरमुकाममा बिहीबार आयोजना गरेको आसन्न्न निर्वाचन र पत्रकारका भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मिथ्या सूचनाहरुको जाँच गर्न पत्रकारहरुले सधैं सजगता अपनाउन आग्रह गर्नुभयो ।
प्रमुख आयुक्त आचार्यले भन्नुभयो ‘राजनीतिक दल र उम्मेदवारहरुले सस्तो लोकप्रियता र भ्रम छर्ने उद्देश्यले पत्रकारहरुलाई नै प्रयोग गरेर मिथ्या सूचना (मिस इन्फरमेसन) फैलाउन सक्ने धेरै सम्भावना हुने भएकोले श्रोताको जाँच गरी बास्तविकताको आधारमा चुनावी समाचार प्रवाह गर्नुपर्ने दायित्व हुन्छ । समाचारको सन्तुलन र विश्वसनीयताले पत्रकारको व्यवसायिक भविष्य जोडिएकोले मिडियाह सजग हुन जरुरी छ ।’
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अम्म सुनारले आशन्न निर्वाचनमा पत्रकारले आचारसहितालाई ध्यानमा राख्दै समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले आफ्नो आइडोलोजी मत मार्फत मात्र देखाउँने भन्दै समाचारमा त्यस्तो देखाउन नहुने बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपाल सुर्खेतका कार्यालय प्रमुख विजय बर्मा, हुलाक सेवा कार्यालयका कर्णाली प्रदेश निर्देशक गोविन्द पौडेल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्मा लगायतका सहभागीता रहेको थियो ।

