दैलेखमा स्वतन्त्र सहित २१ जनाले गरे मनोनयन दर्ता


कमल शर्मा
दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकाका लागी दुई स्वतन्त्र सहित १८ जनाले मनोनयन दर्ता गराएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख र ,निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा गरी १८ जनाले मनोनयन दर्ता गराएका छन ।
दैलेख निर्वाचन क्षेत्र नः १ मा दैलेख निर्वाचन क्षेत्र नः १ मा नेकपा एमालेका रबिन्द्रराज शर्मा, नेपाली कम्युनिष्ट पार्टिका अम्मर बहादुर थापा, नेपाली काँग्रेसका बासना थापा,राष्ट्रिय जनमोर्चाका नर बहादुर सिह,नेपाल मजदुर किसान पार्टीका जगत बहादुर वली, नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का रामलाल विश्वकर्मा,राप्रपा नेपाल बाट रण बहादुर सिह राष्ट्रिय स्वतन्त्र पार्टी बाट नन्दकिशोर बस्नेत, आम जनता पार्टीबाट मेनका श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा नारयण नगरपालिका–१० का लोग बहादुर बोगटीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नः २ का निर्वाचन अधिकृत लोकहरी कडेलका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेल, नेपाली कम्युनिष्ट पार्टिका योगेन्द्र बहादुर शाही, नेपाली काँग्रेसका दिक्पाल कुमार शाही राष्ट्रिय जनमोर्चाका कमल बहादुर बरै मगर, नेपाल मजदुर किसान पार्टीका बखत बहादुर थापा,नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का कलम सिहं राप्रपा नेपालबाट बबिता कुमारी शाही र स्वतन्त्र उम्मेदवार लाल बहादुर कठायत र राष्ट्रिय स्वतन्त्र पार्टी बाट बखत बहादुर शाहीलेले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै आम जनता पार्टीबाट तीर्था कुमारी वंशी मगर (बिक) र स्वतन्त्र उम्मेदवार हिम बहादुर शाहीले मनोनयन दर्ता गर्नुभएको छ ।
मानोनय पछि संक्षीप्त प्रतिक्रिया दिदै उम्मेदवारहरुले आ–आफुले जित्ने दावी गरेका छन । नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी र काँग्रेसका उम्मेदवारले मुलुकको संबिधानलाई सहि ट्रयाकमा ल्याउनु आफ्नो दलले जित्नुपर्ने दावी गरिरहेको बेला नयाँदलहरुले भने पुराना पार्टीका अस्तित्व सकिएको भन्दै नयाँदल आउनुपर्ने बताएका छन ।

