कुलमान घिसिङद्वारा मन्त्री पदबाट राजीनामा

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ। उहाँले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी बुधबार साँझ राजीनामापत्र बुझाउनुभएको हो। मन्त्री भएको ११५ दिनमा राजीनामा दिनु भएको हो ।
प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिनुभयो। उहाँले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो। मन्त्री घिसिङले पनि यो अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गर्नुभएकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुभयो।


