Loading... आजः शुक्रबार, पुस २५, २०८२
Trending

बागी,पराजीत र फ्लोरक्रस प्रथामिकतामा

..


कमल शर्मा
दैलेख  :   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले आगामी फागुनमा २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सार्वजनिक गरेको सिफारिस अनुसार नयाँ अनुहारभन्दा पनि अघिल्लो निर्वाचनमा बागी बनेका, पराजित भएका तथा फ्लोरक्रसको इतिहास बोकेका नेताहरूलाई प्राथमिकताका दिएर सिफारिस गरेको छ ।
नेकपा दैलेख जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्रका लागि कुल १२ जनाको नाम सिफारिस गरेको हो । दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट अमरबहादुर थापा, प्रेमबहादुर कटुवाल, विद्या प्रसाद ढकाल, प्रकाश अधिकारी र रमा रेग्मीको नाम सिफारिस गरिएको छ ।
सिफारिसमध्ये नेकपा एमाले बाट २०७४ सालको प्रदेश सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र न १ (ख) प्रदेश समा बिजयी हुनुभएका अमरबहादुर थापा कर्णाीली प्रदेशमा फ्लोरक्रस गरेर मन्त्री बन्नुभएको थियो । एमाले बिभाजन पछि नेकपा एकीकृत समाजवादीमा लागेका थापा २०७९को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस,नेकपा माओबादीकेन्द्र र एकिकृत समाजबादी पार्टीको गठबन्धन बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा सदस्यमा सिफारिस भएकी रमा रेग्मी अघिल्लो पटक एकिकृत समाजबादीको सामानुपातिकको बन्द सुचिमा रहनुभएको थियो । साविक माआबोदी केन्द्र बाट प्रेम कटुवाल, प्रकाश अधिकारी सिफारिस विद्या प्रसाद ढकाल सिफारिस हुनुभएको छ ।

त्यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट योगेन्द्रबहादुर शाही, उपेन्द्रकुमार रावत, तर्कबहादुर शाही, लक्ष्मीकमल न्यौपाने, नवराज योगी, हर्क थापा र रमा कार्की सिफारिस भएका छन ्। योगेन्द्रबहादुर शाही नेकपा एमालेले २०७४ सालको प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको थियो । एमालले टिकट नदिएपछि रुष्ट हुनुभएका शाहीलाई कर्णाली प्रदेश योजना आयोगको सदस्यमा नियुक्त हुनुभएको थियो ।

२०७९ सालमा माओवादी केन्द्र प्रवेश गरी प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका बिनादे कुमार शाह संग पराजित हुनुभएको थियो । पराजयपछि उनलाई माआबोदी केन्द्रले तत्कालीन कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । अधिवक्तासमेत रहेका उपेन्द्रकुमार रावत माओवादी युद्धकालदेखि सक्रिय नेता हुन् । नेकपा दैलेखका नेता गोपाल रिजालका अनुसार महिला तर्फ समानुपातिक ललिता बिसी , प्रेम कुमारी बुढा, पदमा कुमारी शाही, मन कुमारी सुनार,टिका कुमारी सिंह रहेका छन । जनजाती तर्फ कृष्ण बहादुर गुरुङ दलित तर्फ गोपाल नेपाली र चक्र सुनार रहेका छन । खसआर्य तथा सहिद परिवार बाट हिम्मत शाही रहेका छन । त्यस्तै राष्ट्रिय सभा तर्फ थीर बहादुर कार्की, टेक बहादुर खाण र भेष बहादुर थापालाई सिफारिस गरिएको जानकारी दिनुभयो ।

नेकपाले उमेदवार गरेको सुचि अनुसार तत्कालीन नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टीबाट बरार हुनेगरी उम्मेदवार सुचि बनाएर सिफारिस गरिएको देखिन्छ । प्रत्यक्ष तर्फ सिफारिस भएका अम्मर बहादुर थापा, रमा रेग्मी साविक एकिकृत समाजबादी पार्टी र माओबादी पृष्ठभुमी बाट प्रेम बहादुर कटुवाल र प्रकाश अधिकारी रहेका छन । निर्वाचन क्षेत्र नः २ मा भने माओबादीमा प्रबेश गरेकै उम्मेदवार सिफारिस भएका छन । प्रतिनिधि सभाको सामनुपातिकमा समेत साविक माआबोदी केन्द्र बाट ललितका बिसी पदमा शाही टिका कुमारी सिह रहेका छन भने एकिकृत समाजबादी बाट प्रेम कुमारी बुढा र मन कुमारी सुनार रहेका छन ।

नेकपाका नेताका अनुसार पार्टी एकिकरण भई चुनाव चिन्ह समेत एक भएको अबस्थामा सिफारिस गर्दा फरक फरक कित्ताबाट आएकालाई समाबेश गरी दल फरक भएको जस्तो गरेको बताएका छन । त्यस्तै दलित तर्फ सिफारिस भएका गोपाल नेपाली अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विद्रोह गरी प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवार बनेका थिए । राष्ट्रिय सभाका लागि सिफारिस भएका टेकबहादुर खाण पनि एमालेले टिकट नदिएको भन्दै दैलेख निर्वाचन क्षेत्र नं. १ (ख) बाट कर्णाली प्रदेश सभा सदस्यमा बागी उम्मेदवार बनेका थिए । सार्वजनिक सूची हेर्दा पार्टीले नयाँ अनुहारभन्दा पनि बागी, अघिल्लो निर्वाचनमा पराजित तथा फ्लोरक्रसको इतिहास बोकेका नेताहरूलाई पुनः अघि सारेको देखिन्छ ।