Loading... आजः मङ्लबार, पुस ८, २०८२
Trending

एमाले महाधिवेशन,मतदान जारी


काठमाडौँ  :   नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन आज बिहानदेखि मतदान सुरु भएको छ । अध्यक्ष पदका प्रत्याशीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा बिहानै मतदान गर्नुभएपछि बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।

भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि प्रतिनिधिहरू मतदान गरिरहनुभएको छ । एक पटकमा ५० जनाले मतदान गर्न पाउने व्यवस्था एमाले केन्द्रीय निर्वाचन आयोगले मिलाएको छ । साझ ५ बजे सम्म मतदानको समय अवधी थप गरिएको भएपनि मतदान गर्न एउटै प्रतिनिधिले २० मिनेट देखी एक घण्टा सम्म लगाउने समस्याका कारण राती १० बजे सम्मलाई मतदान गर्ने सयम तोकिएको छ । एमालेका २२ सय ६३ महाधिबेशन प्रतिनिधि मध्ये १०७५ जनाले आठ बजे सम्म मतदान गरिसकेको एमालेको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ ।